२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

काठमाडौंबाट लामो दुरीका सवारी साधनहरू छुट्न थाले, १८ सय गाडी काठमाडौं भित्रिए

Nada
२०८१ असोज १४ गते १६:०२
Shares
काठमाडौंबाट लामो दुरीका सवारी साधनहरू छुट्न थाले, १८ सय गाडी काठमाडौं भित्रिए

काठमाडौं : काठमाडौंबाट लामो दुरीका सवारी साधनहरू छुट्न थालेका छन् । विभिन्न बसपार्कबाट लामो दुरीका बसहरू छुट्न थालेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसोदेखि सवारी साधन आवतजावत हुन थालेको हो ।

ncell

काठमाडौंमा मात्रै १८ सय बढी गाडी भित्रिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यस्तै बाहिरिने क्रम पनि जारी नै रहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार आठ सय सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौंबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउन शुरु गरिएको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर