२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १६:४२
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौंः काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ । 

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ । 

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैंका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए । 

ADVADV

सम्बन्धित खबर

Advertise