२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन आगामी शुक्रबार हुँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १४ गते २१:११
नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन आगामी शुक्रबार हुँदै

दोहा कतार : नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन आगामी शुक्रबार हुने भएको छ । प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा हुने अधिवेशनका लागि समाजको विधान (२००५) छैटौं संशोधन सहितको परिच्छेद- १४ को (ख) मा उल्लेखित  प्रावधान अनुसार गर्न लागिएको समाजले जनाएको छ ।

अधिवेशन अगावै नयाँ सदस्यता ग्रहण गर्न र पुराना सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गर्न पनि समाजका अध्यक्ष सुवास तामाङले अनुरोध गरेका छन् । उनले अधिवेशन सफल बनाउन कतारमा रहेका तामाङ समुदायलाई अनुरोध समेत गरेका छन् ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले अधिवेशन बिहान ११ बजेबाट शुरु हुने मध्यान्ह दैनिकलाई जानकारी दिए । “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नारालाई आत्मसात गर्दै कतारमा सन्-२००५ मा नेपाल प्रवासी तामाङ समाज कतारको स्थापना गरिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise