२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

राष्ट्रिय शोक घोषणा, तीन दिन झण्डा आधा झुकाइने

Nada
२०८१ असोज १४ गते २१:५६
Shares
राष्ट्रिय शोक घोषणा, तीन दिन झण्डा आधा झुकाइने

काठमाडौं : सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।

ncell

सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको बताए ।

बैठकले विपद् व्यवस्थापन राहत कोषमा बाढी, पहिरो पीडितको उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै सबै मन्त्रीहरूले एक महिनाको तलब पनि उक्त कोषलाई दिने निर्णय भएको छ ।

त्यसबाहेक बाढीपहिरोमा परी घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने, उद्धार तथा राहतको गतिलाई तीव्र बनाउने, सडक सञ्चालनमा ल्याउन सडकका अवरोधहरू हटाउने, हवाई भाडा नियन्त्रण गर्ने र कालोबजारी हुन नदिने लगायतका निर्णय भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर