काठमाडौं : कप्तान पारस खड्काको विस्फोटक शतक प्रेरित नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । घरेलु टोली सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पुरा गरेको थियो ।
९ रनहुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए । आक्रामक पारि खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।
सिंगापुरका लागि टिमोटी डेविडले अविजित ६४ रनको योगदान दिए । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले पनि ३५ रन जोडे । यस्तै जनक प्रकाशले अविजित २५ रन मनप्रित सिंहले १५ रन जोडे ।
बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies