२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

Nada
२०८१ असोज १५ गते १४:०९
Shares
जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन् । साथै उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन् ।

ncell

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए ।

देशको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौंको जीविकोपार्जनलाई सहयोग पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताए । नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गरे । 

जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न  सरकारले प्रकृतिमैत्री, सरल, दिगो समाधानका उपाय अपनाउन संकल्प गरेको भन्दै मन्त्री अधिकारीले  कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न  मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । 

जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उनले जोड दिएको इसिमोडले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर