२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

shivam cement
मध्यान्ह
२०८१ असोज १५ गते १४:२३
अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।

उक्त छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको हो ।

समितिले अवरुद्ध भएका राजमार्गहरु तत्काल खोल्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार रातिदेखि परेको पानीका कारण देशका महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएकोमा केही खुलेका छन् भने बिपी राजमार्गलगायत केही सडकखण्ड तत्काल सञ्चालनमा आउने सम्भावना कम छ।

साथै समितिले मूल्यवृद्धि रोक्न पनि सरकारलाई निर्देशन दिएको छ । बजार अनुगमन गरी मूल्यवृद्धि हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise