२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

रोल्पाली समाज कतारको बृहत् सांस्कृतिक कार्यक्रम शुक्रबार

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १५ गते १६:४२
रोल्पाली समाज कतारको बृहत् सांस्कृतिक कार्यक्रम शुक्रबार

दोहा कतार : दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रहेको बाल शान्ति गृह 'मानव सेवा आश्रम'को सहयोगार्थ रोल्पाली सेवा समाज कतार शाखाले आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको भएको छ ।

विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न हुने उक्त कार्यक्रम विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदान प्रदानसहित भव्यरूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कतारमा रहेका दर्जन कलाकारले आफ्ना प्रस्तुति दिने उक्त कार्यक्रममा कतारमा रहेका केही साहित्यकारहरूले समेत आफ्ना रचना वाचन गर्नेछन् । आउँदो शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे देखी सुरु हुने कार्यक्रमको तयारी  लगभग पुरा भएको समाजका अध्यक्ष गोपाल डाँगीले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

उनले कार्यक्रमबाट हुने आम्दानीबाट बचेको रकम बालबच्चाको लागि खर्च गरिने हुँदा खासगरी रोल्पाली र दङालीसहित कतारमा रहेका सबै नेपालीहरूलाई उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् । मध्यान्ह दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीको रूपमा रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise