२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

म्याग्दीको बाबियाचौरमा मोनाले तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन गर्दै

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १५ गते १६:४८
म्याग्दीको बाबियाचौरमा मोनाले तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन गर्दै

दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको आयोजनामा आँखाका बिरामीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–२,बाबियाचौरमा समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा आगामी असोज १६, १७ र १८ गतेसम्म चल्ने गरी  निःशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको मोनाले जनाएको छ ।

शिविरमा आँखाका सबै प्रकारको उपचार तथा मोतीबिन्दुसहित जटिल समस्याको पहिचान गरी थप उपचार गरिने शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

बिहान ९ बजेदेखि सञ्चालन हुने शिविरमा आउने बालबालिकालाई आँखा जोगाउने तरिकासहित समस्याको पहिचान गरी थप उपचारमा सघाउने फगामीको भनाइ छ । शिविरमा पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत बिरामी आएर लाभ लिने अपेक्षा गरिएको छ । थप जानकारीका लागि कार्यक्रम संयोजक नरेन्द्र फगामीलाई ९८६३०६७६०१ मा सम्पर्क गर्न सकिने मोनाले बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise