काठमाडौं : भारतले पहिलाे पटक साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा साविक उपविजेता बंगलादेशलाई दुई एकले हराउँदै भारतले उपाधि उचाल्यो ।
हलचाेक स्थित सशस्त्र प्रहारी बलको मैदानमा भएकाे खेलको पहिलो हाफमा निकै तनावपुर्ण रह्यो । नेपाली रेफ्रिले पहिलो हाफमा तीन वटा रातोकार्ड दिए । जसमा बंगलादेशका दुई र भारतका एक खेलाडीलाई उनले रातोकार्ड देखाए ।
खेलको दोस्रो मिनेटमा नै बिक्रमको गोलमा भारतले अग्रता बनायो । एक गोलले पछि परेको अवस्थामा २३ औं मिनेटमा दुबै टिमका खेलाडी विच अभद्र ब्यवहार भएपछि भारतका गुरकिरत र बंगलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाए । जसका कारण दुबै टिम १० खेलाडीमा झर्न पुगे ।
तर ४० औं मिनेटमा बंगलादेशले खेल बराबरी गर्न सफल भयो । उसका लागि यासिनले नै गोल गरे । तर उनले गोलको खुसी अनुशासन विपरित गरेको भन्दै रेफ्रिले दोहोरो पहेलो कार्ड देखाए । जसका कारण बंगलादेश नौ खेलाडीमा झर्न पुग्यो ।
रेफ्रिको निर्णयमा आपत्ति जनाएका बंगलादेशका खेलाडीले केहि बेर खेल रोकेका थिए । यासिन मैदानबाट बाहिरीन नमानेपछि खेल रोकिएको थियो ।
पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा भारतले एकगोल थप्न सफल भयो । उसका लागि खेलको इन्जुरी समयमा रबीले गोल गरे । त्यसपछि बंगलादेश खेलमा फर्कन सकेन र पराजित भयो ।
बंगलादेश यो प्रतियोगिताको फाइनलमा पराजित भएको दोस्रो पटक हो । अघिल्लो संस्करणमा नेपाल बंगलादेश नेपालसँग हारेको थियो । भारत भने पहिलाे संस्करणकाे यू-१८ साफकाे फाइनलमा नेपालसँग हारेकाे थियाे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies