२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

सर्लाही प्रवासी सेवा समाज कतारको अधिवेशन हुँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १५ गते १९:१९
सर्लाही प्रवासी सेवा समाज कतारको अधिवेशन हुँदै

दोहा कतार : सर्लाही प्रवासी सेवा समाज कतारले ११ अक्टोबरमा ११औं अधिवेशन तथा १६औं स्थापना दिवस मनाउने भएको छ । नजिकिँदै गरेका राष्ट्रिय चाडपर्वहरूको शुभकामना आदानप्रदान र विविध सांस्कृतिक कार्यक्रम सहित स्थापना दिवस सहित अधिवेशनको आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई सफल बनाउन सर्लाही जिल्लाबाट अध्ययन, वैदेशिक रोजगारी तथा व्यवसायका लागि कतार आइ बसोबास गरेका सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ । कतारमा रहेका दर्जनौं कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिने कार्यक्रम एसियन टाउनमा रहेको वेलफेयर रेस्टुरेन्टको सभा हलमा बिहान ११:३० बजेदेखि शुरु हुने र कार्यक्रमको तयारी  लगभग पुरा भएको समाजका अध्यक्ष प्रकाश आले मगरले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

"सर्लाही प्रवासीहरूको चाहना स्वच्छ र सभ्य समाजको स्थापना" भन्ने मूल नारा लिएर सन् २००८मा समाजको स्थापना गरिएको थियो ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise