काठमाडौं : इण्डोनेसियाको बताममा जारी एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले नयाँ इतिहास बनाएकी छिन् । एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठले बताएअनुसार रनजीले ५५ केजी तौल समूहमा रजत पदक र ३० वर्ष भन्दा माथिको समूहमा काँस्य पदक जितिन् ।
नेपालमा भएको १२औं साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् । यसअघि नेपालकी ननिता महर्जनले वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत र काँस्य जितेकी थिइन् ।
ननिताले सन् २०१६ मा थाइल्याण्डको पटायामा भएको वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपमा काँस्य पदक हात पारेकी थिइन् । यस्तै सन् २०१७ मा मंगोलियामा भएको नवौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies