२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

युवाहरूको श्रमदानमा भलिबल खेल मैदान निर्माण

shivam cement
कुलेन्द्र शाही
२०८१ असोज १६ गते २०:१६
Shares
युवाहरूको श्रमदानमा भलिबल खेल मैदान निर्माण

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिका–५ का युवाहरूले श्रमदानमार्फत भलिबल खेल मैदान निर्माण गरेका छन् । वडालाई खेल मैदानका लागि बारम्बार आग्रह गर्दा पनि खेल मैदानका लागि कुनै चासो नदिएपछि उनीहरूले आफ्नै पहलमा यो काम गरेका हुन् । 

शिवालय–५ का युवा टोपेन्द्र शाहीले थालारैकर ठाँटी बजारमा युवाहरूको पहलमा खेल मैदान निर्माण गरेको बताए । उनले भने, ‘वडाले खेल मैदान बनाउन आश्वासन दिएको थियो, तर लामो समयसम्म कुनै चासो नदेखाएपछि हामी युवाहरू मिलेर श्रमदानमा यो मैदान बनाएका हौं ।’

उनले आगामी दशैं र तिहारको अवसरमा गाउँमा आउने मानिसहरूका लागि रमाइलो गर्ने उद्देश्यले मैदान निर्माण गरिएको बताए । ‘मैदान नहुँदा स्थानीय खेलाडीलाई खेल खेल्नमा कठिनाइ थियो,’ उनले भने, ‘अब यो मैदानले खेल गतिविधिहरूमा सहजता ल्याउनेछ ।’ युवाहरूको यो पहलले स्थानीय खेल क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित खबर