२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

वैदेशिक रोजगारमा इजरायल र लेबनानमा रहेका नेपाली त्रसित

ADV
२०८१ असोज १७ गते ०६:३०
वैदेशिक रोजगारमा इजरायल र लेबनानमा रहेका नेपाली त्रसित

काठमाडौं : इरान–इजरायल र लेबनानबीचको त्रिपक्षीय लडाइँका कारण वैदेशिक रोजगारमा इजरायल र लेबनानमा रहेका नेपाली त्रसित बनेका छन् । नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ ।

इजरायलसँगको युद्ध चर्किरहेका बेला बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन् । नेपाली दूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरी समस्या परेमा तत्कालै सम्पर्कमा आउन अनुरोध गरिएकोे छ ।

मन्त्रालयले कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

इजरायलमामा इरानले मंगलबार साँझ आक्रमण गरेको हो । दुई सातादेखि हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिइ हिजबुल्लाह र हमासको वरिष्ठ राजनीतिक र सैन्य अधिकारीहरु मारिएपछि इरानले इजरायलमा आक्रमण गरेको हो । प्यालेस्टाइन र इजरायलको निरन्तरको लडाइँ भन्दा इरानको आक्रमण डरलाग्दो रहेको इजरायलमा कार्यरत नेपालीहरूले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise