२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इन्द्रेणी पाठशालामा नयाँ शिक्षक र विद्यार्थीलाई स्वागत

Nada
२०८१ जेठ ३२ गते २१:५७
Shares
इन्द्रेणी पाठशालामा नयाँ शिक्षक र विद्यार्थीलाई स्वागत

लहान : सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा रहेको इन्द्रेणी पाठशाला अंग्रेजी विद्यालयमा नयाँ शिक्षक, शिक्षिका र विद्यार्थीलाई स्वागत गरिएको छ । 

ncell

कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयका  संस्थापक बसन्त मल्ल ठकुरी गरेका थिए  । २०६८ सालमा स्थापना भएको विद्यालय पुनः नयाँ व्यवस्थापनको साथ विगत तीन वर्षदेखि धनगढीमाई नगरपालिकामा सञ्चालनमा रहेको छ ।

उक्त विद्यालयमा हजारौँ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । इन्द्रेणी पाठशाला धनगढी माई नगरपालिका वरिपरिको गाउँका विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल भएको छ ।

उक्त विद्यालयमा दक्ष तथा अनुभवी करिब ४० जना शिक्षक र शिक्षिकाहरु अध्यापन गराउनका लागि रहेको यसै विद्यालयका संस्थापक तथा भाइस प्रिन्सिपल अमित चौधरीले बताए ।

विद्यालयमा साइन्स एण्ड आर्ट एक्जिविसन अतिरिक्त क्रियाकलापहरू डान्स एक्स्ट्रा क्रियाकलाप र प्रत्येक दिन एसेम्लीमा क्वीज कन्टेन्स समेत राखेको यसै विद्यालयका शिक्षक  राजेश मुखियाले जानकारी दिए । 

यस विद्यालयमा करिब पाँचजना संस्थापक रहेका छन् भने संस्थापकहरूका नाम बसन्त मल्ल ठकुरी मुक्तिलाल सहनी विजय चौधरी इन्द्रदेव यादव अमित चौधरी यस संस्थापक्को रुपमा रहेको विद्यालयका प्रिन्सिपल तथा संस्थापक मुक्तिलाल सनीले बताए ।

ताजा खबर

सम्बन्धित खबर