२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

मनास्लु क्षेत्रमा बाटो खुल्यो, तर यात्रा अझै कठिन

ADV
सुरेश भट्ट आश्रिन
२०८१ असोज १७ गते ११:५९
मनास्लु क्षेत्रमा बाटो खुल्यो, तर यात्रा अझै कठिन

गोरखा : निरोधार वर्षापछि गत शनिबार झरेको पहिरोले उत्तरी गोरखाको मनास्लु पदमार्गमा क्षति पुर्‍याएको छ । दशैं तिहारको समय आन्तरिक र बाह्य पर्यटक आउने सिजनमा पदमार्गमा पहिरोले क्षति पुर्‍याउँदा समस्या भएको स्थानीयहरु बताउँछन् ।

‘पहिरोले बाटो धेरै ठाउँमा समस्या थपेको छ  । पैदलमार्गका केही ठाउँमा मर्मत भइसक्यो केहीमा बाँकी छ’, चुमनुब्री गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष पेमा ग्याल्बो लामा भन्छन्, ‘अहिले जसोतसो मान्छे हिँड्न सक्ने भएको छ । अझै खच्चड हिँड्न सक्दैन । खच्चड हिँड्न नसक्दा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या परेको छ ।’ खच्चड हिँडाउन नसकेपछि पर्यटक बास बस्ने होटलहरुलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सामान ढुवानी गर्न मुस्किल परेको उनले बताए ।

लामाका अनुसार न्याकफेदीदेखि गपसम्मको बाटोमा धेरै समस्या छ । ‘न्याकफेदीदेखि पेवासम्म दुई ठाउँमा ठूला पहिरोहरु छन्’, उनी भन्छन्, ‘बिहीफेदीदेखि गपसम्मको खण्डमा तीन ठाउँमा पहिरो छन् । पहिरोमा मान्छे जसोतसो हिँड्न सक्छन्, तर खच्चड हिँड्न सक्दैन ।’

बिहीदेखि चिसापानीसम्मको बाटो आवतजावत गर्न कठिन रहेको बिहीकी छिरिङ खाम्दो लामाको भनाइ छ । ‘पहिरै पहिरो रहेछ । हिँडडुल गर्न पनि गाह्रो’, उनी भन्छिन्, ‘मान्छे त जसोतसो हिँड्न सक्ने रहेछन्, खच्चड त नसक्ने रहेछ ।’

बाटोको मर्मतसम्भार गरेर खच्चडलाई समेत हिँड्न मिल्ने बनाउन स्थानीय सरकार लागिपरेको  वडाअध्यक्ष पेमा ग्याल्बो लामाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise