२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानाध्यापक कुशवाहाद्वारा विद्यालयलाई निःशुल्क जग्गा हस्तान्तरण

ADV
कृष्ण तिवारी
२०८१ जेठ ३२ गते २२:११
प्रधानाध्यापक कुशवाहाद्वारा विद्यालयलाई निःशुल्क जग्गा हस्तान्तरण

रौतहट : रौतहट देवाही गोनाही नगरपालिका ७ उचिडिहस्थित श्री आधारभूत विद्यालयलाई विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले १ कठ्ठा  जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

विद्यालयलाई जग्गा अपुग हुँदा प्र.अ. कुशवाहाले पहल गरी निःशुल्क जग्गा विद्यालयको नाममा रजिस्ट्रार गराइ नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । 

प्रधानाध्यापक कुशवाहालाई पालिकाको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरी विशेष सम्मान समेत गरिएको छ । 

प्र.अ.कुशवाहालाई  नगर प्रमुख प्रेमलाल साह र प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले माला, अबिर र खादा ओढाइ सम्मान गरेको हो ।

कार्यक्रममा जग्गा उपलब्ध गरेको कुशवाहाले  मन्तव्य राख्दै आफुले यसै विद्यालयमा अध्यापन गराइरहेको नाताले यस विद्यालयलाई केही सहयोग गरौं भन्ने महसुस भएको र जग्गा प्रदान गरेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise