२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

लुम्बिनी प्रदेशको स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज १७ गते १४:५८
Shares
लुम्बिनी प्रदेशको स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट

अर्घाखाँची : गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । स्वास्थ्य कार्यालयतर्फ पाल्पा प्रथम भएको छ । रोल्पा द्वितीय र गुल्मी तृतीय भएको छ । 

ncell

यस्तै अस्पतालतर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्वितीय र अर्घाखाँची अस्पताल तृतीय भएको छ । आयुर्वेदतर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बिनी आयुर्वेद चिकित्सालय द्वितीय र कपिलवस्तु आयुर्वेद चिकित्सालय तृतीय भएको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए ।

‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरस पालना गर्दै सबै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ,’ उनले भने, ‘सबै निकायबीचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउने गरी कार्यविधि संशोधनको तयारीसमेत गरिएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४  वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा, सेवाग्राहीको सन्तुष्टिलगायतका विषयलाई समेटेर तयार पारिएको सूचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर