२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान पुगे

Nada
२०८१ असोज १७ गते १५:२१
Shares
पूर्व राजा ज्ञानेन्द्र शाह भुटान पुगे

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित बिहीबार भुटानको थिम्पु गएका छन् ।

ncell

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने बताइएको छ । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर