२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

परराष्ट्रमन्त्री आरजु कतारमा, भीआईपी कक्षबाट नभइ सार्वजनिक प्रवेशद्वारबाट बाहिरिइन्

Nada
तिलु शर्मा पौडेल
२०८१ असोज १७ गते १९:३५
Shares
परराष्ट्रमन्त्री आरजु कतारमा, भीआईपी कक्षबाट नभइ सार्वजनिक प्रवेशद्वारबाट बाहिरिइन्

दोहा, कतार : परराष्ट्रमन्त्री आरजु राणा देउवाको कतार आगमन सँगै नेपाली समाजमा नयाँ तरङ्ग देखिएको छ । कतार सरकारको निमन्त्रणामा अमेरिकाबाट सिधै ‘एसिया कोअपरेसन डायलग’को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुन कतार आएसँगै नयाँ तरङ्ग देखिएको हो ।

ncell

मंगलबार साँझ कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएसँगै नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई, प्रथम सचिव कृष्ण कुमार सुवेदी, जनसम्पर्क समितिका सभापति मोहम्मद अजिज अली, एनआरएनए एनसिसी कतारका अध्यक्ष रमेश भट्ट, उपाध्यक्ष कृष्ण पन्थीसहित अन्य केही व्यक्तिहरू स्वागतका लागि पुगेको बुझिएको छ । मन्त्रीलाई स्वागत गर्न भनेर कार्यवाहक राजदूत भीआईपी कक्ष प्रयोग गर्दै जहाजसम्मै पुगे पनि उनले मन्त्रीलाई नै नचिनेपछि मन्त्री राणा विमानबाट निस्केर सार्वजनिक प्रवेश द्वारबाट बाहिर निस्किएपछि मन्त्रीको स्वागतमा पुगेकाहरू भीआईपी गेटबाट दौडेर पब्लिक गेटमा गएर स्वागत गरेको कुरा बाहिरिएपछि दोहामा तरङ्ग देखिएको हो ।

मन्त्रीको स्वागतपछि खिचिएका फोटाहरू समेत स्वागतमा सहभागीहरू कसैले पनि सार्वजनिक गरेका छैनन् । मन्त्रीको स्वागतमा पुगेकामध्ये एक व्यक्तिलाई मध्यान्हले फोटो माग्दासमेत उपलब्ध गराएनन् भने नेपाली नियोगले स्वागत गरिएका फोटा सार्वजनिक नगर्नुले कार्यवाहक राजदूत राईले मन्त्री नचिनेको प्रष्ट हुन्छ ।

यस बारेमा प्रतिक्रिया लिन कार्यवाहक राजदूत राइलाई टेलिफोन सम्पर्क गर्दा फोन उठेन । मध्यान्हसँगको टेलिफोन सम्पर्कमा आएका र स्वागतमा सहभागी नेपाली राजदूतावासका प्रथम सचिव सुवेदीले नेपालमा राष्ट्रिय शोक भएका कारण मन्त्री सामान्य रूपमा बाहिर आएको भन्ने घुमाउरो स्वीकारोक्तिसहितको जवाफ दिए । स्वागतमा एयरपोर्ट पुगेका अर्का एक प्रतिनिधिलाई फोटो माग्न टेलिफोन गर्दा आफूसँग फोटो नभएको तर मन्त्री भीआईपी नभइ सार्वजनिक प्रेवेशद्वारबाट बाहिर आएको प्रष्ट पारे ।

विश्वका विभिन्न देशबाट प्रधानमन्त्री, मन्त्रिहरू, नेता तथा विशिष्ट व्यक्तित्वहरू कतार आउँदा एयरपोर्टमा वैचारिक संगठनका पदाधिकारीहरू, कूटनीतिज्ञसहित नेता तथा सम्बन्धितका नजिकका आफ्नाहरू स्वागतका लागि  पुग्ने गरेका छन् । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष तथा  कतारमा रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई स्वागतमा सहभागी हुन र कतारको कानूनसँग नबाझिने गरी समाचार संकलनका लागि निमन्त्रणा गर्ने परिपाटीको विकास नभएको महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले बताए । भदौ ३१ गते महिला परराष्ट्र मन्त्रीको बैठकमा सहभागी हुन क्यानडा प्रस्थान गरेकी राणा त्यहाँबाट संयुक्त राष्ट्रको महासभामा सहभागी हुन अमेरिका पुगिन् भने त्यहाँको कार्यक्रम सकेर मंगलबार दोहा आइपुगेकी छिन् । मन्त्री राणा शुक्रबार बिहान नेपाल फर्कँदै छिन् ।

ताजा खबर

सम्बन्धित खबर