२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

रौतहत विपद् व्यवस्थापन समिति बैठक : बाढी प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज १७ गते २२:४२
रौतहत विपद् व्यवस्थापन समिति बैठक : बाढी प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय

रौतहट : रौतहट विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहतबारे तथा बाँधलाई मर्मत तथा ठोस रुपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका विषयहरूमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता बैठक बसेको थियो । 

बैठकबाट बागमति, बकैया नदी नियन्त्रण आयोजनाको कार्यालय परवानिपुरमा रहेकोले तत्काल यी दुवै नदीले दुःख दिइरहेकाले रौतहटको गौरमा सार्न पहल गर्ने निर्णय भएको छ । यस्तै बागमति बकैया दुबै नदीको रेड लेबलमाथि आएकोले गहिरो गर्न र दुबैतिर बाँधको उचाइ बढाइ स्थायी समाधान गर्न जिल्लाको ४ वटै संघीय सांसद,  ८ वटै  प्रदेश सांसद र १८ वटै मेयरहरू र राजनीतिक दल, नागरिक समाज, पत्रकार समेतको उपस्थितिमा छलफल गरी कार्य अघि बढाउने निर्णय भएको छ ।

यस्तै बागमति बकैयाका बाँधहरूको अस्थायी मर्मत तत्काल शुरू गर्ने,किसानहरूको बाली नाली,माछा पोखरी,ब्यापार व्यवसायको क्षति विवरण ३ दिनभित्र तयार गरी पेस गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएको छ ।  

बैठकमा जिल्लाको तीनवटा सुरक्षा निकायका प्रमुख,१८ वटा पालिकाका नगरप्रमुख, प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise