२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

विश्व साइकलयात्री पुष्कर शाहको घुँडाको रिसर्च गर्दै अमेरिका

ADV
मध्यान्ह
२०८१ असोज १८ गते १२:१३
विश्व साइकलयात्री पुष्कर शाहको घुँडाको रिसर्च गर्दै अमेरिका

काठमाडौँ : संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटीले नेपाली विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको घुँडा गत वर्ष सन् २०२३ सेप्टेम्वरदेखि अनुसन्धान गरिरहेको छ । पुष्कर शाहले २०५५-२०६६ सम्म ११ बर्ष लगाएर संसारका १५० मुलुकको यात्रा साइकलबाट पुरा गरेका थिए ।

विश्व साइकल यात्रा समाप्तिपछि उनले संसारभरिको झण्डा लिएर २०६७ जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । हालसम्म झन्डै ३ लाख किलोमिटर साइकल कुदाइ सकेका शाह आफैमा एउटा शाहसिक व्यक्तिमा पर्छन् ।

एउटा मान्छेको जीवनमा ३ लाख किलोमिटर दुरी साइकलमा प्याडलिंङ्ग गर्नु सामान्य कुरा हैन । यति लामो दुरी प्याडलिंङ्ग गर्ने घुँडाको अध्ययन-अनुसन्धान गर्नु विज्ञानको लागि अर्को नौलो कुरा हुनसक्छ । विज्ञानको क्षेत्रमा संसारको पछिल्लो अति विकसित ११ टेस्लाको एमआरआइ मेसिनद्वारा साइकलयात्री शाहको घुँडा अनुसन्धान भइरहेको छ । शाह चर्चित नेपाली पत्रकार प्रेम बानियासँगको सहकार्यमा 'ब्याक टु नेपाल २०३०' को अभियान चलाइरहेका छन् । गत वर्ष शाहले संयुक्तराज्य अमेरिकाको ५० वटै राज्यमा साइकलबाट घुमेका थिए । उक्त साइकल यात्राको क्रममा स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टरहरूको एउटा समूहले शाहको घुँडा अनुसन्धान गर्ने चासो देखाएको थियो ।

रेडियोलोजिस्ट डा.सागर वाग्लेको पहलमा डा. शशी शिंह , डा. अनन्या गोयल, डा.रसेल सलित, प्रोटोकल डाइरेक्टर डा. फेलिका कोगानको समूहले विगत एक वर्षदेखि उनको घुँडाको अनुसन्धान गरिरहेको छ । यस वर्ष सेप्टेम्बरमा दोश्रो पटक उनको घुँडालाइ एमआरआइ राखिएको थियो ।

पुष्कर शाहको घुँडाको अनुसन्धानबाट खेल जगत र स्वास्थ्य क्षेत्रमा एउटा नया तथ्य निस्कने अनुसन्धान लागेका रेडियोलोजिस्ट डा.वाग्ले बताउँछन् । 'हरेक मान्छेको जीवनमा घुँडाको पाँङ्ग्रा कति पटक घुम्ने भन्ने प्राकृतिक नियम हुन्छ । मेरो घुँडाको पाँङ्ग्राको नियम पनि उस्तै होला । पृथ्वीलाइ ७ फन्को नाप्न पुग्ने दुरी प्याडलिंङ्ग गरी  सक्दा पनि घुँडामा कुनै असर नहुनु विज्ञानलाइ अनौठो लाग्न सक्छ ।' डा.रसेलको प्रश्नमा साइकलयात्री शाह भन्छन ।

स्ट्यानफोर्ड, युनिभर्सिटी क्यालिफोर्नियामा रहेको निजी अनुसन्धान विश्वविद्यालय हो । ८,१८० -एकर क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालय संयुक्तराज्य अमेरिकामा सबैभन्दा ठूलो मध्ये एक हो । स्ट्यानफोर्ड युनिभर्सिटी विज्ञानको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान गरेर विश्व प्रसिद्ध छ । विश्वप्रसिद्ध साइकलयात्री पुष्कर शाहको घुँडाको अनुसन्धान गरेर स्ट्यानफोर्ड युनिभर्सिटीले अनुसन्धानको दुनियाँमा अर्को नयाँ तथ्य सार्वजनिक गर्ने प्रयास गरिरहेको छ l 

ADVADV

सम्बन्धित खबर

Advertise