२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Nada
२०८१ असोज १८ गते १३:००
Shares
हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । 

ncell

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । 

जग्दुका साथमा रहेका  एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर