२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

ADV
मध्यान्ह
२०८१ असोज १८ गते १३:००
हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । 

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । 

जग्दुका साथमा रहेका  एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise