२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

Nada
२०८१ असोज १८ गते १६:३८
Shares
साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

विराटनगरः एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । 

ncell

चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नम्बरको ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् । 

सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।  

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

ताजा खबर

सम्बन्धित खबर