काठमाडौं : पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा दुई टोलीविचको खेल दिउसो सवा तीन बजे शुरु हुनेछ ।
सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई हराउने प्रयासमा नेपाल हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको ओमान भने नेपाललाई हराउदै सिरिज उपाधि हात पार्ने प्रयत्नमा हुनेछ ।
आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको ओमान अंक तालिकाको शिर्ष स्थानमा छ । हङकङ र नेदरल्याण्ड हराएपनि आयरल्याण्डसंग पराजित नेपाल लिगको तेस्रो स्थानमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies