२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १८ गते २०:४९
महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान

दोहा कतार : कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रममार्फत नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता पत्र प्राप्त गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघद्वारा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईलाई सम्मान पूर्वक सदस्यता पत्र हस्तान्तरण गरेका हुन् । 

महासंघको आठौं कार्यकारिणी समितिको बैठकले सङ्घलाई वैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ । महासंघको लेखा शाखालाई बोधार्थ एवम् संघका महानिर्देशक गोकर्ण राज अधिकारीको हस्ताक्षर रहेको पत्रमा वैदेशिक सदस्यको रूपमा महासंघमा स्वागत गरेको उल्लेख गर्दै भनिएको छ, ‘महासंघ एवम् समग्र निजी क्षेत्रको श्रीवृद्धि र नेपालमा लगानी  बढाउन त्यहाँ संस्थाको उच्च योगदान रहने विश्वास लिएको छु’ । पत्र ग्रहण पश्चात् बोल्दै चम्लागाईंले वाणिज्य महासंघप्रति आभार व्यक्त गर्दै वैदेशिक लगानी नेपालमा भित्राउन आफू प्रतिबद्ध रहेको बताए ।

कतारमा रहेका आम व्यवसायीहरूको हक हित र व्यवसायमा प्रवर्द्धनसहित समृद्ध नेपालको संवाहकको परिकल्पनाको पवित्र उद्देश्यका साथ १२ जनवरी २०१८ मा संघ कतारको स्थापना गरिएको थियो । नेपाल व्यवसायी संघ कतार ३१ जनवरी २०२० मा प्रथम र गत २६ जनवरी २०२४ मा दोस्रो अधिवेशन सम्पन्न गरी आफ्नो उद्देश्यहरूलाई सार्थकता दिन निरन्तर सक्रिय रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise