२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

वन्यजन्तुहरुको भिडियो सार्वजनिक गर्दै सकियो प्रकृति संरक्षणसम्बन्धी गोष्ठी

ADV
बिन्द्र राई
२०८१ असोज १८ गते २१:४३
वन्यजन्तुहरुको भिडियो सार्वजनिक गर्दै सकियो प्रकृति संरक्षणसम्बन्धी गोष्ठी

उदयपुर  : उदयपुरमा विभिन्न सामुदायिक वनमा लगाइएका ट्रयापिङ्ग क्यामेरामा कैद भएका  विभिन्न प्रजातिका वन्यजन्तुहरुका तस्बीर भिडियोमार्फत सार्वजनिक गर्नुका साथै प्रकृति संरक्षणबारे एक दिने गोष्ठीसम्पन्न भएको छ । मानव,वन्यजन्तु र प्राकृतिक बनस्पती बीचको सहअस्तित्व कायम गरी बाचौं र बचाऔं भन्ने मूल नाराका साथ एनसी एससीको सहयोगमा त्रियुगा नगरपालिका–५ देउरी अन्तर्गत रहेको सरस्वती सामुदायिक वनले गोष्ठीको आयोजना गरेको हो । 

कार्यक्रममा विभिन्न प्रजातिका वन्यजन्तुहरुका तस्बिर भिडियोमार्फत सार्वजनिक गर्नुका साथै प्रकृति तथा बनजंगल संरक्षणका सवालहरुमा गहन छलफल गर्नु साथै प्रकृति, बनजंगल, प्राणी जलजमिन एक आपसमा अन्तरसम्बन्धित रहेको सन्देशमूलक भिडियो सार्वजनिक गरिएको  थियो ।

त्रियुगा नगरपालिकाको मेयर बसन्त कुमार बस्नेतले जनसंख्या वृद्धिसँगै वनजंगल मासिँदै गएको र  वनजंगल मासिनाले जंगली वन्यजन्तु पनि नासिँदै गएको बताए । मेयर बस्नेतले वनजंगल, वन्यजन्तु संरक्षणका  लागि सरोकारवाला निकाय आमनागरिक लाग्नुपर्नेमा जोड दिए ।

बस्नेतले वनजंगल, वन्यजन्तु, संरक्षणसँगै जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुुका साथै आर्थिक विकासमा टेवा पुग्ने बताए ।

सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवाले  मानव, वन्यजन्तु, प्रकृति बनजंगल जल, जमिन संरक्षणमा सबै सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताए । 

बान्तवाले  प्रकृति, मानवप्राणी एक अर्काको परिपूरक रहनुका साथै जीवनको अन्तरसम्बन्धित पाटो रहेको बताए ।

उनले आम नागरिकका स्वास्थ्यका हिसाबले  रासायनिक मलको प्रयोगको  सट्टा वनजंगलको पतकर झारपात पशुपंक्षीको मल प्रयोग गर्न सुझाए ।

जिल्लाको वनजंगल र वन्यजन्तु संरक्षणका लागि  सरस्वती,राजदेवी,गणेश,इन्द्रावती,गैरी,शिवशतिm,झोरा, सन्याशी,अम्बिका लगायत १३ वटा सामुदायिक बनमा लगाइको ट्रयापिङ्ग भिडियो क्यामेराले सो अन्तर्गतका सामुदायिक वनका विभिन्न १८ प्रजातिका स्तनधारी वन्यजन्तु वन बिरालो,चितुवा,सानो नीर बिरालो,ठूलो नीर बिरालो, गाजले नीर बिरालो,चरी बाघ,नील गाई बदेल, पाटेभालु,रतुवा लगायत देखिनुका साथै  दुम्सी, सरिसृप अन्तर्गत गोहोरो लगायत देखाइएको थियो ।

सामुदायिक वनले प्रकृति संरक्षण कोषको सहयोगमा वनजंगल र वन्यजन्तु संरक्षण र अनुगमन विवरणका लागि ट्रयापिङ्ग क्यामेरा जोडेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुका प्रतिनिधि,राजनीतिक दल, सामुदायिक वनका पदाधिकारीहरु लगायत उपस्थित रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाहरुका प्रतिनिधि,राजनीतिक दल, सामुदायिक वनका पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise