डडेलधुरा : नेपाली कांग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली कांग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताए ।
डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिकाका वडास्तरीय समिति भने पुरानै यथावत रहने जनाइएको छ । पाँच गाउँपालिकामा भने नयाँ सरंचनाअनुसार वडा एकाइ समितिसमेत गठन गरी पालिकास्तरीय समिति विस्तार भइसकेको कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताए । उनले भने, “नगरपालिकामा भने पुरानै समिति कायम गरिएको छ ।”
अजयमेरु गाउँपालिकाबाट शुरु भएको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरिएको हो । असोज १३ देखि शुरु भएको समिति विस्तार कार्यक्रम भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको जिल्ला सदस्य गोकुल शाहीले जानकारी दिए ।
डडेल्धुरा कांग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाउँपालिकाको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई सर्वसम्मत चयन गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies