२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दशैं अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की

shivam cement
मध्यान्ह
२०८१ असोज १९ गते १३:१२
बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दशैं अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको सडक, पुललगायत क्षतिलाई  दशैं अगाडि मर्मत सम्भार गरिने बताएका छन् । 

नेकपा (एमाले) प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । 

उनले असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको उद्धार, खोजी, घाइतेको निःशुल्क उपचार र राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि  सम्बन्धित मन्त्रालयले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिइएको बताए । 

उनले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायत निर्माण कार्य द्रुत रूपमा गर्न सम्बन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिइएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्न सक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए । 

सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकका परिवारलाई तत्काल सहयोग, घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितको पुनः स्थापना, बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे । 

उनले प्रदेश सरकारले विशेष विपद् प्राधिकरण गठन गरी उद्धार ,राहत पुनः स्थापना र पुनः निर्माण कार्य सुरु गर्न ध्यानाकर्षण गराए । नेकपा (एमाले) प्रदेश कमिटीका अध्यक्ष खतिवडाले असोज ११ र १२ गतेको वर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना एवं सञ्चारका माध्यमको क्षति पुगेको चर्चा गर्दै सरकारलाई राहत कार्यमा सरकारलाई सघाउन ध्यानाकर्षण गर्न लागिएको बताए । 

सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री सिर्जना राई, मन्त्रालयका सचिव, नेकपा (एमाले) का विभिन्न जिल्लाका अध्यक्षको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise