-गम्भीरबहादुर हाडा
गाँस, वास र कपडा हरेक मानिसको नैसर्गिक आवश्यकता हो । न्यूनतम मानवीय आवश्यकताको अभावमा मानवजीवनको अस्तित्व नै रहन सक्दैन । मानिसले खाना, खावास, कपडा, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिकै लागि प्राथमिकतासाथ काम गर्ने गर्दछ । त्यसमध्ये पनि खाद्यवस्तुको आवश्यकता पूरा गर्न मानिसले शारीरिक र मानसिक शक्ति बढी खर्च गर्नुपर्दछ । त्यसैले भन्ने गरिन्छ –‘केका लागि काम गर्ने यही पेटका लागि न हो ।’ यसबाट स्पष्ट हुन्छ –खाद्यान्न मानिसको पहिलो आवश्यकता हो र यसको अभावमा जीवन चलनै सम्भव हुँदैन । खाद्यसुरक्षा यस्तो शब्द हो, जसलाई विश्वव्यापीरूपमा ग्रहण गरी लोकप्रियतासाथ प्रचलनमा ल्याइएको छ । विश्वका सरकारदेखि गैरसरकारी संस्थासम्म, अन्तर्राष्ट्रिय दातृसंस्था र गैरसरकारी संस्थासम्म, बहुराष्ट्रिय सहयोग नियोगदेखि विकसित, धनी र अनुदान सहयोग प्रदान गर्न सक्षम मुलुकसम्म सबैले खाद्यसुरक्षाको विषयलाई अगाडि सारेको पाइन्छ ।
खाद्य सुरक्षालाई मानव अधिकारको एक आधारभूत अङ्गको रुपमा लिइएको छ । विश्वमा तीव्ररूपमा वृद्धि भइरहेको जनसंख्याका लागि दैनिक आवश्यकतापूर्ति गर्न खाद्यान्नको उत्पादन त्यसै अनुपातमा बढाउँदै लैजानु आवश्यक हुन्छ । अहिलेकै अवस्थामा कपितय मुलुक खाद्यान्नको अभावका कारण आफ्ना नागरिकको जीवन बचाउन असफल भइरहेको समाचार पनि सञ्चारमाध्यमबाट आउनेगरेको छन् । प्रत्येक वर्ष भोकमरीबाट हजारौं मानिसले अकालै ज्यान गुमाउनुपरिरहेको तीतो यथार्थ वर्तमान विश्वले भोगिरहेको छ । खाद्यसुरक्षा भनेको के हो त ? यस विषयमा भिन्नाभिन्नै प्रकारले व्याख्या भएको पाइन्छ ।
यथार्थमा, प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने खाद्यान्नको व्यवस्था मिलाएर कसैले खानाको अभावमा भुमरीको चपेटामा परेर ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना गर्नु नै खाद्यसुरक्षा हो । परिवार, समाज, राष्ट्र र अन्र्राष्ट्रिय संघसंस्था, दातृनिकाय तथा समुदायको हरेक तहमा यस्तो सुरक्षाप्रणाली अपनाउन सकिन्छ । न्यूनतम आवश्यकता पूर्तिका लागि निश्चित समयसम्म धान्नसक्ने अन्न तथा खाद्यान्न सुरक्षित राख्नु तथा व्यवस्थित गर्नु नै खाद्यसुरक्षाको मुलभूत पक्ष हो । विकसित र धनी राष्ट्रले खाद्यान्नबाट प्राप्त हुने क्यालोरी, त्यसको गुणस्तरका विषयमा पनि ध्यान दिन्छन् तर अविकसित, गरिब र साधनस्रोत न्यून भएका, जनसंख्या बृद्धिको चापमा परेका मुलुकमा खाद्यान्नको गुणस्तरमा भन्दा त्यसको उपलब्ध परिमाणमा चित्त बुझाउनुपर्ने अवस्था रहेको छ ।
दुर्गम जिल्लाहरुमा सरकारले नेपाल खाद्य संस्थानमार्फत केही खाद्यान्न वितरण गरेता पनि यी जिल्लाहरुको खाद्यान्न आवश्यकताको तुलनामा ज्यादै नै अपुग (१ किलो प्रति व्यक्ति भन्दा कम) रहेको छ । खाद्यान्न उपलब्ध गराउने अन्य उपायमा कामको लागि खाद्यान्न, स्कूल खाजा कार्यक्रम आदि जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तथापि दुर्गम ग्रामीण क्षेत्रको अधिकांश भागमा खाद्यान्नको पहुँच न्यून छ ।
भोको मानिस सामाजिक सम्पत्तिका रूपमा रहेका साँस्कृतिक सम्पदाको चोरी र बेचबिखन गरेर पेट भर्ने व्यवस्था मिलाउनसमेत तम्सिन्छ । यसकै उदाहरणका रूपमा खान नपाउने स्थितिमा रहेका उच्चपहाडी, हिमाली जिल्ला र अन्य क्षेत्रबाट अनमोल पुरातात्विक महत्वका वस्तु एवम् धार्मिक ग्रन्थ चोरिनुलाई लिन सकिन्छ । कतिपय जनताले एक पाथी चामल–पिठोमा करोडौं मूल्य पर्ने आफ्ना धार्मिक ग्रन्थका पाण्डुलिपि, प्राचीन मूर्ति, धातुका सामानसँग साटेर पेट पालेका यथार्थ सुन्न पाइन्छ । पेट पाल्नकै लागि धेरैले आफ्ना संस्कृति, चालचलन बिर्सेर विदेशिनुपरेको, नारकीय जीवन बिताउँदै यौनव्यापार गर्न र एड्सलगायत यौनजन्य रोग भित्र्याउन बाध्य हुनुपरेको विकराल अवस्थासमेत रहेको छ । अतः यस्तो अवस्था निरन्तर चलिरहे मौलिक परम्परा र मान्यता हराउँदै जाने मात्र होइन, सामाजिक सभ्यताले नकारात्मक बाटो लिने डर रहन्छ । त्यसैले भनिएको छ ः– ‘भोकाएकोले जुनसुकै अपराध पनि गर्न सक्दछ ।’ (विभूक्षित किं नकरोतिः पापम्) ।
खाना मानिसको पहिलो आवश्यकता हो । खानाबिना मानिस हुर्कन, बढ्न र काम गर्न सक्दैन । मानिसले के कति खान्छ, त्यहि अनुसार उसको शारिरीक र बौद्धिक विकास हुन्छ । राम्रो पोषिलो, खाने मान्छे स्वथ्य हुन्छ । वृद्धि विकास पनि राम्रो हुन्छ र धेरै मेहनत गरी बढी आम्दानी गर्न सक्दछ । तर खाना राम्रो छैन भने उ अस्वथ्य हुन्छ, काम गर्न पनि सक्दैन र कम आम्दानी हुन्छ । खाना भनेको चिज एक खुई चोटि राम्रो खाएर हुने होइन, बच्चा देखि नै पोषिलो, सन्तुलित आहारा खाना पाए राम्रो हुन्छ । हाम्रो देशको अधिकांश मानिसहरुलाई दुई छाक दाल भात खान मुस्किल छ भने सन्तुलित र पोषिलो खाना सधैं भरी खान पाउन हामीले धेरै मिहेनत गर्नुपर्ने हुन्छ । पहिले नै खाना नपुग्ने समस्या भएकोमा यो समस्इा जनसंख्या वृद्धि चर्काएको छ भने हामीले भए कर लाग्छ । नराम्रो स्वास्थ्य हुनुका कारणहरुमध्ये कुपोषण र पोषणका कमी पनि प्रमुअ कारण हुन । हामीले आ –आफ्ना जीवनका सम्पूर्ण आधारभूत प्रक्रियाहरु सुचारु रुपले कायम गर्न, सन्तुलित राख्न ठिक मात्रामा ठीक प्रकारको खाद्य पदार्थहरुको सेचन गर्नु अति बाञ्छनिय हुन्छ । हाम्रो शरीरलाई खानाले विभिन्न तरिकाहरुबाट गहिरो असर गरिराखेको छ । स्वस्थ एवं दीर्घायु जीवनको लागि खानामा ध्यान दिनु जरुरी हुन्छ ।
खाद्यविद्हरुले सम्पुर्ण खाद्य पदार्थहरुलाई ६ वटा पोषण तत्वहरुमा बाँडफाँड गरेका छन् ति यस प्रकारका छन् ।
(क) कार्वोहाईड्रेट
(ख) फैट्स
(ग) भिटामिन
(घ) प्रोटिन
(ङ) खनिज पदार्थहरु
(च) लवण तथा पानी
विकासोन्मुख देशहरुमा बढिरहेको जनसंख्या वृद्धिलाई परम्परागत खाद्यपदार्थको उत्पादनले मात्र सन्तुलनमा राख्न सकिने हुनाले हालसम्म मुख्य खानाको रुपमा उपयोग नगरेका अरु पदार्थहरुलाई पनि उपयोगमा ल्याउन विज्ञान र प्रविधिले निकै सहयोग पु¥याएको छ । एकातिर बालकको शारिरीक एवं मानसिक स्थितिमा दु्रततर वृद्धि भइरहेको हुन्छ भने अर्कोतिर आमाको दुध उत्पादनको परिणाममा ह्रास हुँदै जान्छ । तसर्थ बढ्दो शिशुको निमित्त दुधमा पाइने प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र लवणहरुजस्ता पौष्टिक तत्वहरु आवश्यक मात्रा भन्दा कम हुने हुनाले बालकलाई दुधको अतिरिक्त अन्य खाना खुवाउनु जरुरी हुन्छ । अन्यथा बालकको आँखाको तेज घट्नुको साथै रगत बिग्रनु तन्तुहरुको वृद्धि हुन, दाँत हाड बलियो हुन नसक्ने हुनाले बालकको रोग निरोधक क्षमता शिथिल हुन गई विभिन्न रोगहरुबाट आक्रमण हुन सक्ने स्थितिको सिर्जना हुने सम्भावना रहन्छ ।
हाम्रो शरीरलाई स्वस्थ राख्न २५०० देखि ३००० क्यालोरीको (पौष्टिक आहारको मात्र नाप्ने मापदण्ड) को दिन प्रतिदिन आवश्उकता पर्दछ । तर कडा मेहनत (शारिरीक) गर्ने नेपालीहरुको लागि प्रत्येक दिन ४ हजार क्यालोरी खाद्यपदार्थको आवश्यकता पर्दछ । दैनिक व्यवहारमा २ हजार क्यालोरी भन्दा बढी खाद्य पदार्थ उपभोग गरिएको पाइएको छैन । प्रतिव्यक्तिले उपभोग नगरी नहुने त्यो दुई हजार क्यालोरी खाद्यपदार्थ जनसंख्या वृद्धिले गर्दा घट्दै जाने क्रम देखिन्छ । यही कारणले गर्दा खाद्यान्न आयात नगरी सुख छैन । हाम्रो शरीरमा आवश्यक मात्रामा प्रोटिनको अपर्याप्त आपूर्तिबाट खासगरी आवश्यक एमिनो एसिडको विभिन्न प्रकृतिहरु र खासगरी आज संसारभरी देखापरिरहेको कुपोषणको समस्या नै विना शंका प्रमुख रुपमा देखा पर्दछ । प्रोटिनको कमीबाट देखा पर्ने सुरुका लक्षणहरु तौलको कमी कुनै बेला थाकेको महसुस हुने, घट्दो रोग प्रतिरोध शक्ति, स्वास्थ्य लाभ गर्न कठिन र बच्चाहरुमा ढिलो एवं कम वृद्धि हुनु आदि हुन् ।
लगातार प्रोटिनको कमीबाट रक्तप्रोटिन (हेमोग्लोविन सहित) तथा कलेजोको क्षति आदि परिणाम हुन्छन् । प्रोटिनले शरीरको वृद्धिको साथसाथै शक्ति प्रदान गर्ने र शारीरिक प्रक्रिया सञ्चालन गर्ने पनि गर्दछ । प्रोटिनको कमीबाट रक्त सञ्चालन र पाचन क्रियामा पनि ज्यादै नराम्रो असर पर्छ । अत : कुपोषण र विविध रोगहरुबाट बच्न आवश्यक प्रोटिन आपूर्तिमा हामीले विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
नेपालमा उत्पादन हुने कृषिबालीको प्रतिलब्धिका आधारमा खाद्यान्नको भाग र उपलब्धताको विश्लेषण गर्न सकिन्छ (तालिका ४) । नेपालमा उत्पादित बालीमा धानबाट चामल, मकैबाट पिठो, गहुँबाट मैदा÷पिठो, कोदोबाट पीठोको उत्पादनदरको विश्लेषण गर्दा पनि हामीसँग खाद्यान्नको न्यूनता होइन, बचत हुनुपर्ने देखिन्छ । निकासीजन्य र सोझै उपभोग गरिने खानेकुरा चिउरा, चाउचाउ, बिस्कुट, बेकरीजस्ता तयारी खाद्यपदार्थको उत्पादनमा पनि खाद्यान्नको प्रयोग हुने गर्दछ । ग्रामीण र सहरी क्षेत्रमा घरायसी तथा औद्योगिक रूपमा रक्सी पार्न, पशु आहारमा रूपमा प्रयोग गर्न र यज्ञयज्ञादिमा चरुका रूपमा होम गर्न पनि ठूलै परिमाणमा खाद्यान्न खेर फालिन्छ । यस्ता विविध कारणले खाद्य असुरक्षाको अवस्था आएको हो कि भन्ने आभास मिल्दछ । तर, चामलको परिमाणमा आउने कमीलाई मात्र आधार मानेर खाद्यसुरक्षा तथा असुरक्षाको निर्णय गर्नु भने व्यावहारिक मान्न सकिन्न । यस प्रकार, खेतीबाट उत्पादन भएको कोरा कृषि उत्पादनलाई प्रशोधन गरी उपभोग्य खाद्यवस्तु तयार गर्दा प्राप्त हुने प्रतिलब्धिले पनि नेपालको खाद्यान्नको यथार्थ स्थिति थाहा पाउन सकिन्छ ।
खाद्य सुरक्षा र असुरक्षाका महत्वपूर्ण पक्षहरू एकैसाथ गाँसिएर आउने गर्छन् । यस्ता सवालका पछाडि गाँसिएर आउने कारणलाई अलग्याएर हेर्न पनि मिल्दैन । खाद्य सुरक्षा भनेको पर्याप्त खाद्यान्न उत्पादन वा उपलब्ध भएको समयमा भविष्यमा वृद्धि हुने जनसंख्या, खाँचो र विपद्काली अवस्थाका लागि आवश्यक पर्ने परिमाणमा खाद्यान्नको सञ्चय गरी सहज प्राप्ति र समुचित वितरण गर्नसक्ने क्षमताको विकास गर्नु हो । यसैको ठीकविपरीत अवस्थालाई भने खाद्य असुरक्षाको अवस्थाका रूपमा बुझ्नुपर्ने हुन्छ ।
खाद्य असुरक्षाका विभिन्न पक्षलाई अध्ययन गर्दा यसका कारणको भयावह चित्र प्रकट हुन सक्दछ । खाद्य असुरक्षाबाट समाज र मुलुक भोकमरीको त्रासदीपूर्ण चपेटामा धकेलिन्छ । विशेषगरी, अफ्रिकाका सुडान, इथियोपिया, सोमालियालगायत विश्वका अति कम विकसित मुलुकका जनता खान नपाएर भोकभोकै मरेका र कुपोषणका सिकार भएका समाचार प्रकाशमा आइरहन्छन् । त्यस्तै, समस्या हाम्रो मुलुकका केही विकट पहाडी र हिमाली जिल्लाका खास क्षेत्रमा कहिलेकाहीँ देखापर्ने गरेको छ । अल्पकालीन रूपमा देखिने त्यस्तो समस्याको निराकरण गर्ने प्रयास पनि हुँदै आएको देखिन्छ । नेपालका कूल जनसंख्या मध्ये करीब २५ प्रतिशत जनताहरू गरिबीको रेखामुनि रहेका छन् । भौगोलिक क्षेत्र अनुसार पहाड र तराईम जनसंख्याको क्रममा ४१ प्रतिशत र ४२ प्रतिशत जनताहरू गरिबीको रेखामुनि रहेका छन् भने नेपालको हिमाली भेगमा जनसंख्याको ५६ प्रतिशत जनताहरू गरिबीको रेखामुनि रहेको पाइन्छ । तर मानिसको प्रतिव्यक्ति आम्दानी भने साह्रै न्यून छ । सन् १९९८ मा विश्व बैंकले दिएको रेकड अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ४१० डलर मात्र रहेको छ ।
जनसंख्या जुन रूपमा बढी रहेको छ त्यही रूपमा खाद्यान्न बढ्न सकेको छैन । एकातिर खाद्यान्न क्रय गर्नकोलागि मानिसहरूमा साधनको अभाव भएको छ, जसले गर्दा नियमित खाद्यान्न संकट उत्पन्न भएको छ भने अर्कोतिर मुलुकमा अप्रत्याशित रूपमा हुने घटनाहरू जस्तो ः– युद्ध, महामारी, भूकम्प, अतिवृष्टि, अनावृष्टि, आन्तरिक कलह आदिले गर्दा संक्रमणकालीन खाद्यान्नको समस्या नेपालमा सृजना भएको छ ।कृषि मूलक जनसंख्याको जीवनस्तरका साथै कृषि क्षेत्रको कार्य–प्रभावकारीतालाई समुन्नत पार्ने विशेष सन्दर्भ रहेको कुनै पनि देशको कृषिजन्य साधनको पूर्णातिपूर्ण अधिकार हदसम्म हुने विवेकपूर्ण उपयोगको प्रकृया यस धारणाको परिभाषाले कृषि विकास एक योजनाबद्ध प्रकृया हो भन्ने कुराको प्रतीतार्थ बोध गराउँछ र यस उपलब्धीको मात्रा कुनै पनि राष्ट्र कुन हदसम्म आत्मनिर्भर रहेको छ त्यसबाट नै आंशिक रूपमा मूल्यांकन हुने गर्दछ । नाइजेरियामा कृषि उत्पादनको आत्मनिर्भरताको कमीले गर्दा नै नाइजेरियाली कृषि क्षेत्रको स्थिति तथा उत्पादकत्वलाई उकास्नका लागि हरित क्रान्ति व्यूह–रचनाको भावनालाई अभिप्रेरित गरेको थियो ।
खाद्य असुरक्षा÷सुरक्षाको कुरा गर्दा केही महत्वपूर्ण पक्षहरूसँग सँगै गाँसिएर आउने र त्यसका पछाडि विभिन्न कारणहरू पनि आउँछन् जसलाई हामी अलग राखेर हेर्न सक्दैनौं । खाद्यान्न सुरक्षा भनेको पर्याप्त खाद्यान्न उत्पादन र विद्यमान तथा भावी दिनमा आउने जनसंख्याको लागि आवश्यक पर्ने खाद्यान्नको सहज प्राप्ति र समुचित वितरण तथा सञ्चय क्षमताको विकास हो भने, यसको विपरित स्थिति भनेको खाद्य असुरक्षा हो । खाद्य असुरक्षा किन हुन्छ ? र यसबाट के कस्तो परिणाम निस्कन्छ भन्नेतर्फ विचार गर्ने हो भने भयावह चित्र सामुन्नेमा आउँछ । विश्वका अतिकम विकसित मुलुकहरू विशेष गरी अफ्रिकी मुलुक सुडान, इथोपिया, सोमालिया, साइप्रस आदि जस्ता मुलुक जहाँका जनता खान नपाएर भोक भोकै मरेका र कुपोषणका शिकार भएको हामीले सञ्चार माध्यमबाट देखेका र सुनेका छौं । त्यस्तै अवस्था हाम्रो मुलुकको केही भागमा कहिलेकहीँ देखा नपरेका हैनन् तर त्यसलाई सके सम्म निराकरण गर्ने कोशीस भएको छ ।
खाद्य असुरक्षाको परिणाम भनेको मानिसले खानको लागि चाहिने खाद्यान्न प्राप्त गर्न नसक्नु र त्यसको कारणबाट भोकमरीको स्थिति आउनु हो । नेपालमा खाद्य असुरक्षाको स्थिति त्यति गम्भीर रूपमा देखिन आएको छैन । अति दुर्गम जिल्ला तथा कृषि उत्पादन हुन नसक्ने र यातायातका साधनबाट वञ्चित जिल्लामा केही मात्रामा यस्तो अवस्था दखेखिए पनि समग्रमा भने नेपाल खाद्यान्नमा आत्म निर्भर मुलुकको रूपमा लिन सकिन्छ । खाद्य असुरक्षाको कारणले विभिन्न किसिमका परिणाम वा समस्याहरू आउन सक्तछन्, त्यस्ता परिमाण एक किसिमका नभएर विविध किसिमका हुन सक्दछन् ।
खाद्य असुरक्षाको प्रत्यक्ष प्रभाव समाजमा पर्दछ, कारण मानिस सामाजिक प्राणी भएकालेले ऊ समाजमा बस्दछ जब मानिसले दुई छाक खान नपाउने हुन्छ उसले समाजमा जो सँग खाद्यान्न जगेडा हुन्छ र उसँग किन्न सक्ने भए किन्ने, नसके माग्ने, माग्दा पनि नपाए लुट्ने आदि सम्मको सामाजिक अपराध गर्ने स्थिति आउँछ । यी बाध्यताबस सृजना हुने स्थिति हो र यसबाट सामाजिक द्वन्द्व, अपराध, आतंक आदि सृजना हुन गई शान्ति सुरक्षा कायम राख्न समेत कठिन हुन्छ । समाजमा चोरी, डकैती, लुट आदिका घटनाका विविध कारण मध्ये यसलाई पनि कारक तत्वका रूपमा लिन सकिनछ । सामाजिक मूल्य र मान्यतामा क्रमशः ह्रास हुँदै समाज विखण्डनको बाटोमा जान सक्ने सम्मको अवस्था आउन सक्छ ।
खाद्य असुरक्षाको आर्थिक प्रभाव बहुक्षेत्रीय किसिमको हुन्छ । खाद्यान्नको अभावमा मानिस जीवन मरणको स्थितिमा पुग्ने हुँदा उसले आर्थिक विकासको राष्ट्रिय अभियानमा अपेक्षित योगदान दिन सक्तैन । उसमा उत्पादकत्व कम हुन्छ, बेरोजगारको स्थिति हुन्छ र समग्र अर्थ तत्वमा नकारात्मक स्थिति सृजना हुन्छ । जब खाद्यान्न अभावको स्थिति हुन्छ तब राज्यले अन्य विकास निर्माणका कार्यलाई स्थगित गरेर भए पनि खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउनु पर्ने हुन्छ र खाद्यान्न आयात गर्नमा ठूलो धनराशी खर्च गर्नु पर्ने हुन्छ । खाद्यान्न आयात गर्नमा ठूलो धनराशी खर्च गर्नु पर्ने हुन्छ । खाद्यान्न अभाव हुने क्षेत्रमा ढुवानी अनुदानमा खाद्यान्न पु¥याउनु पर्ने हुन्छ । यसले गर्दा राष्ट्रको ठूलो धनराशी खर्च हुन पुग्दछ । अर्कोतिर खाद्यान्न अभावका कारण कुपोषण तथा त्यसबाट उत्पन्न हुने रोग महामारीको नियन्त्रण गर्नु पर्ने अवस्था आइपरेमा आर्थिक समस्या अझ थपिन गई देशको अर्थतन्त्रले गति लिन नसक्ने मात्र हैन सबै हिसाबले आर्थिक दुष्चक्रमा राष्ट्र भासिन्छ, टाट उल्टेको घोषणा समेत गर्नु पर्ने सम्मको अवस्था आइपर्न सक्छ । अतः खाद्यान्न असुरक्षाको प्रभाव वा यसको परिणाम आर्थिक दृष्टिले पनि भयावह हुन सक्तछ ।
खाद्यान्न असुरक्षाको अर्को प्रभाव सांस्कृतिक पनि हुन्छ । यसो हेर्दा यो त्यति प्रभावकारी भए जस्तो नदेखिए पनि जब मानिस बाँच्नको लागि आवश्यक पर्ने खानेकुरा पाउन सक्दैन । तब उसले विविध अपराधिक कार्य गर्ने तर्फ उन्मुख हुन्छ जस्तै ः धर्म, संस्कृति, चालचलन, परम्पराको लोप गर्ने । सांस्कृतिक सम्पदाहरूको विनाश गर्ने (मन्दिर, मस्जिद, गुम्बा, बिहार आदि मास्ने, बेच्ने आदि । प्राचिन कला तथा पुरातात्विक वस्तुको चोरी तथा बेचबिखन, जनशक्तिको विदेश पलायन, यौन व्यापार तथा एड्स तथा यौनजन्य रोगको महामारी, पुराना परम्परा, चाडपर्व, जात्रा–यात्रा, लोपहुन सक्ने खतरा, आदि ।
खाद्य असुरक्षाको प्रभाव बालबालिका अशक्त र वृद्धहरूमा बढी मात्रामा पर्दछ । बालक जन्मना साथ उसलाई शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पर्ने पौष्टिक आहारको आवश्यकता पर्दछ । त्यसको अभावमा कुपोषणको शिकार भै उसमा शारीरिक तथा मानसिक विकृति देखा पर्न सक्तछन् । त्यसैगरी अशक्त व्यक्तिले अन्य कुनै काम गर्न नसक्ने र आफूलाई आवश्यक पर्ने खाद्य वस्तु जुटाउन नसकी मृत्युको मुखमा समेत पर्न सक्ने हुन्छन् । वृद्धहरूले पनि खाद्यान्नको अभावमा मृत्यवरण गर्नु पर्ने अवस्थासम्म आउन सक्तछ । अतः खाद्य असुरक्षाको प्रत्यक्ष प्रभाव यस गर्नका मानिसमा बढी पर्दछ ।
यसको मतलब यो होइन कि युवा पीढिलाई खाद्य असुरक्षाको प्रभाव पर्दैन । युवा पीढिका युवती त्यसमा पनि गर्भवती महिलामा यसको प्रभाव बढी हुन्छ, जसको कारण विकलाङ्ग बच्चा जन्मने, मातृ तथा शिशु मृत्यु दर उच्च हुने, आर्थिक रुपले सक्रिय जनशक्तिमा कमी आदि जस्ता समस्या समेत आउन सक्तछन् । त्यसैले हेर्दा सामान्य जस्तोलाग्ने यो खाद्य असुरक्षा सम्पूर्ण पक्षलाई गाँज्ने मानवीय समस्यालाई गम्भीर रूपमा लिन पर्ने हुन्छ । खाद्य असुरक्षाको परिणाम भनेको मानिसले खानको लागि चाहिने खाद्यान्न प्राप्त गर्न नसक्नु र त्यसको कारणबाट भोकमरीको स्थिति आउनु हो । नेपालमा खाद्य असुरक्षाको स्थिति त्यति गम्भीर रूपमा देखिन आएको छैन । अति दुर्गम जिल्ला तथा कृषि उत्पादन हुन नसक्ने र यातायातका साधनबाट वञ्चित जिल्लामा केही मात्रामा यस्तो अवस्था देखिए पनि समग्रमा भने नेपाल खाद्यान्नमा आत्म निर्भर मुलुकको रूपमा लिन सकिन्छ । खाद्य असुरक्षाको कारणले विभिन्न किसिमका परिणाम वा समस्याहरू आउन सक्तछन्, त्यस्ता परिमाण एक किसिमका नभएर विविध किसिमका हुन सक्दछन् ।
सम्बन्धित ऐन नियमहरु समयसापेक्ष नहुनु र भएका ऐन नियमको कार्यान्वयन कमजोर हुनु, सरकारी लगानी न्यून रहनु र कृषक तथा व्यवसायीहरुले सर्वसुलभ रुपमा ऋण र प्राविधिक सहयोग समयानुकूल पाउन नसक्नु प्रमुख समस्याको रुपमा रहेको छ । कृषि तथा पशुजन्य वस्तु उत्पादन वृद्घितर्फ साना, खण्डित र अव्यवस्थित भू उपयोगको अवस्था रहनु, कृषियोग्य उर्वरभूमिको गैरकृषि प्रयोजनमा वढदो उपयोग हुनु, दोहोरो भू–स्वामित्वको स्थिति रहनु, कृषि तथा पशुजन्य उत्पादनका आधारभूत सामग्रीको पर्याप्त आपूर्ति नहुनु, उत्पादनको उपयुक्त बजार तथा मूल्य पाउन नसक्नु, कृषि तथा पशु सेवा प्रसारसम्बन्धी कार्यमा केन्द्र र जिल्लास्तरको समन्वयमा कमी हुनु, आवश्यक प्रविधि, जनशक्ति, सामग्री, प्रसार सेवा सहज र सर्वसुलभ नहुनु जस्ता समस्या रहेका छन् । नेपालमा करिब ७४% जनता कृषिमै आश्रित छन् ।
हालका वर्षमा विश्वव्यापी रुपमा देखिएको खाद्य संकटको प्रभाव नेपालको खाद्यान्न बजारमा पनि परेको छ । यस्तो संकटबाट बच्न तत्कालीन समाधानका उपाय अवलम्बन गर्नुका अतिरिक्त दीर्घकालीन उपायहरुको कार्यान्वयन पनि तत्कालै प्रारम्भ गर्नु आवश्यक छ । खाद्य संकटको चपेटामा परेका जनतालाई तत्काल राहत दिन र खाद्यान्न उत्पादन बढाउन किसानहरुलाई सहयोग गर्न रु. १ अर्ब २२ करोड ५० लाख विनियोजन गरी खाद्य संकट समाधान विशेष आयोजना तत्काल कार्यान्वयनमा ल्याइनेछ । दीगो जीविकोपार्जनले जीवन धान्ने र सिर्जनशील बनाउने त्यस्तो माध्यमलाई बुझाउँदछ जो भौतिक, सामाजिक, आर्थिक, नैतिक र वातावरणीय पक्षमा सन्तुलित र सुरक्षित हुन्छ । यस अर्थमा दीगो जीविकोपार्जनले माम (पोषणयुक्त खाना), काम (रोजगारी) र दाम (आयआर्जन) लाई जनकेन्द्रित वा जनजात्रिक पक्षबाट अथवा पाखा पारिएका बहुसंख्यक जनसमुदाय र महिलाको पक्षबाट हेर्दछ । नेपालका ८० प्रतिशत (पछिल्लो समयमा यो ६० प्रतिशतमा घटेको बताइएको छ) भन्दा बढी जनताको जीविकोपार्जन कृषिमा आधारित छ । त्यसैले नेपाली जनताको दीगो जीविकोपार्जन दीगो कृषि प्रणालीमा निर्भर गर्दछ । दीगो कृषि प्रणालीभित्र खाद्यान्नहरूको उत्पादन मात्र होइन कृषिमा आधारित उद्योगधन्दाको स्थापना र प्रवद्र्धन तथा कृषिजन्य उत्पादनहरूको बजार व्यवस्थापन र राष्ट्रिय आयमा वृद्धि पनि पर्दछ भन्ने कुरा बिर्सनै हुँदैन ।
देशको ठूलो जनसंख्याको हिस्सा न्यूनतम क्यालोरी आवश्यकता अनुरुप उपभोग गर्न सक्षम छैनन् । खाद्य पदार्थको वितरणमा सामाजिक विभेद रहेको छ । सडक यातायात नपुगेका ठाउँमा उच्च ढुवानी लागतका कारण पर्याप्त खाद्यान्न वितरणमा कठिनाइ रहेको छ । खाद्य स्वच्छता, खाद्य पदार्थहरुमा पौष्टिक तत्वहरुको स्रोत र उचित उपयोग वारे जनसाधारणमा चेतना र ज्ञानको कमी छ । स्वस्थकर खानपान तथा सोको लागि व्यवहार परिवर्तन केन्द्रित सशक्त कार्यक्रम सञ्चालन नहुनु र सुलभ तर अस्वस्थकर खाना खाने बानीका कारण खाद्य पोषणमा जटिलता तथा खाद्य वस्तुको नियमन कार्य कमजोर रहनु जस्ता समस्याहरु रहेका छन् । खाद्य सुरक्षाका दृष्टिकोणबाट जोखिममा रहेका समूह र क्षेत्रको आयस्तर बढाउने, खाद्य वस्तुमा आत्मनिर्भर हुने र आयातमा सन्तुलन कायम गर्ने, खाद्य वस्तुको गुणस्तर नियन्त्रणलाई प्रभावकारी बनाउने, खानपानको बानीमा परिवर्तन ल्याउने कार्यहरु चुनौतीका रुपमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies