२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

सामाजिक अभियन्ता गुरुङलाई विशेष नागरिक अवार्ड

shivam cement
मध्यान्ह
२०८१ असोज १९ गते २१:०२
सामाजिक अभियन्ता गुरुङलाई विशेष नागरिक अवार्ड

काठमाडौं : समाजसेवाको क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएका अभियन्ता प्रविण गुरुङ ‘विशेष नागरिक अवार्ड’बाट विभूषित भएका छन् । बिहीबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’को ‘१८औं वार्षिकोत्सव’को अवसरमा ‘विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान’मा उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं संघीय संसद्का उपसभामुख इन्दिरा रानामगर र आयोजक संस्था नागरिक समाजका अध्यक्ष यमबहादुर जिसीले उक्त अवार्ड प्रदान गरेका हुन् । 

‘सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १८औं वार्षिकोत्सवको अवसरमा राष्ट्रव्यापीरुपमा आयोजना गरिएको प्रतिस्पार्धामक प्रतियोगितामा तपाईंलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्णायक समितिको निर्णयअनुसार राष्ट्रिय विशेष नागरिक पुरस्कार–२०८१ प्रदान गरिएको छ’ गुरुङलाई प्राप्त सम्मानपत्रमा भनिएको छ– ‘सामाजिक रुपान्तरणका लागि तपाईंले आफ्नो क्षेत्रबाट पुर्‍याउनुभएको अमूल्य योगदानको हामी उच्च कदर गर्दै उत्तरोत्तर प्रगतिसहित उज्ज्वल भविष्यको कामना गर्दछौं ।’

उसो त पछिल्लो पटक गुरुङलाई केही दिनअघि पनि साँस्कृतिक कलाकर्मी संघले सम्मान गरेको थियो । उनलाई संविधान दिवसको अवसरमा असोज ३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री शंकर भण्डारी, विशिष्ट अतिथि एवं नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र आयोजक संंस्था नेपाल साँस्कृतिक कलाकर्मी संघका अध्यक्ष उदिराम खड्काले सम्मान गरेका हुन् ।

‘तपाईंले समाजसेवाको क्षेत्रमा गर्नुभएको अतुलनिय योगदानको उच्च सम्मान गर्दछौं । कोभिड–१९ महामारीको जस्तो अवस्थामा कुवेतमा रहेका नेपाली गर्भवती, सुत्केरी महिलासाथै अवैधानिक रुपमा रहेका करिव ३५ सय महिलाहरूलाई कुवेत सरकारसँग समन्वय गरी निःशुल्क स्वदेश पठाउने काम आफैंमा महान छ’ भण्डारी, कुँवर र खड्काद्धारा हस्ताक्षरित गुरुङलाई प्राप्त सम्मानपत्रमा उल्लेख गरिएको छ, ‘कतारमा कोभिड–१९ कै बिचमा कामबाट बेरोजगार बनाइएका ५६५ जना नेपालीलाई नेपाल सरकारसँग समन्वय गरी नेपाल पठाउन सफल तपाईंले यूएइबाट समेत कोभिड–१९ कै समयमा ८५ जना गरी खाडी मुलुकहरूबाट तपाईं गैरआवासीय नेपाली संघ कतारको अध्यक्ष रहेको कार्यकाल अवधिमा करिव ५० हजार नेपालीको उद्धार गर्नुभएको महान सामाजिक सेवा भावको उच्च कदर गर्दै नेपाल साँस्कृतिक कलाकर्मी संघद्धारा आयोजित सम्मान तथा शुभकामना साँस्कृतिक साँझ–२०८१ को अवसरमा तपाईंको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामनासहित यो सम्मानपत्रद्धारा सम्मान गर्दछौं ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise