काठमाडौं : गैरआवासीय नेपालीसंघ एनआरएनएले बालुवाटारको जग्गा प्रकरणबारे आफनो राय व्यक्त गरेको छ । उक्त जग्गा अन्जानमा खरिद गरेकोमा अहिले आएर पछुतो भएको महासचिव डा. बद्रि केसीले बताए । सोमवार बालुवाटार, ललिता निवासस्थित संघको भवनमा आयोजित पत्रकार सम्लेनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा धोका भएको उनको भनाई थियो । अन्य सर्वसाधारण जस्तै संघ पनि ठगिएको उनले बताए । व्यक्तिको नाममा रहेको व्यक्तिको जग्गा संघले किनेको दाबी गरिए पनि बालुवाटारको जग्गा प्रकरण अहिले चरम विवादमा छ र अदालतमा मुद्धा विचाराधीन अवस्थामा रहेको छ ।
त्यस्तै ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ मूल नारामा आधारित भएर यस वर्षको नवौ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुंदैछ । यसबारे सोमवार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उक्त घोषणा गरिएको हो । उक्त सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपालीको संयुक्त आयोजनामा हुन गईरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies