२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ तामाङ 

Nada
भरत प्रधान
२०८१ असोज २१ गते १५:५७
Shares
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ तामाङ 

लिस्बन : युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगल गठन समेत गरेको छ । भेलाले आगामी दुई वर्षे कार्यकालका लागि इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

ncell

जसको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सबिना मनाङथेन, फुर्बासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन भएका छन् ।

संघको महासचिवमा राजुलामा मोक्तान सर्वसम्मत चयन भएका छन् भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन भएका छन् । 

भेलाले कोषाध्यक्षमा सागर योञ्जन लामा र सहकोषाध्यक्षमा म्लाङसिङ तामाङलाई चयन गरेको छ । यस्तै संघको युवा संयोजकमा विकास लामा, युवा सहसंयोजकमा लोप्साङ लामा र सांस्कृतिक संयोजकमा विशाल तामाङ चयन भएको संस्थाले जनाएको छ ।

संघको सदस्यहरुमा सबी लामा लोप्चन, सेर बहादुर तामाङ, बिरेन तामाङ, लक्ष्मी तामाङ, नरजङ तामाङ, बिल मोक्तान, लमिन तामाङ, सुनिल लामा, बुद्धि तामाङ, सुनबिर लामा, साङ दोर्जे लामा, दावाङ लामा, समिर वाईवा, बिशाल तामाङ सयांङतान, सन्जु मोक्तान, सम्झना तामाङ, सुरेश पाख्रिन, उदाश तामाङ, सोम बहादुर तामाङ, सोमिला लामा बल, राजेश लामा, सुर्य लो तामाङ, नानु मोक्तान, अलिना तामाङ, जित बहादुर तामाङ, मिन  तामाङ, दिपक दोङ, रोमीला तामाङ र विद्यासागर लामा रहेका छन् ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ)का केन्द्रीय सदस्य सागर योञ्जन तामाङको संयोजकत्व तथा घेदुङका केन्द्रीय प्रतिनिधि सुजन लामा तामाङको उपस्थितिमा संघको पोर्चुगल शाखा गठन गरिएको संस्थाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर