काठमाडौंः स्रोते नखुलेको नगद १९ लाख रूपैयाँसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका–२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलको १५ लाख रूपैयाँसहित फेला पारी पक्राउ गरेको थियो ।
साथै थप अनुसन्धानको क्रममा साबित्री विगत एक वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।