२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा

ADV
मध्यान्ह
२०८१ असोज २१ गते २०:४३
बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा

बझाङ : बझाङका दुई पालिकामा बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वल्र्डभिजन इन्टरनेशनल नेपाल, प्रगतिशिल युवा समाज र दलित सहयोग समाजको साझेदारीमा एक कार्यक्रमकाबीच अभियान घोषणा गरिएको हो । बझाङको जयपृथ्वी नगरपालिकामा आइतबारदेखि र केदारस्युँ गाउँपालिकामा सोमबारदेखि अभियान घोषणा गरिएको छ ।

अभियानको घोषणा गर्दै केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीले बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्नेमा जोड दिइन् । उनले कुपोषणको समस्या विकासको बाधक भएकाले यसविरुद्ध स्थानीय सरकार, घरपरिवार, समाजले पनि हातेमालो गर्नुपर्ने बताइन् । उपाध्यक्ष धामीले सरकार, गैरसरकारी संस्था र घरपरिवार कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिने बताइन् ।

केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले बालबालिकामा अझैँ पनि कायमै रहेको कुपोषण अन्त्यका लागि पालिकाले सरोकारवाला निकायसँग निरन्तर संवाद र अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् । इनफ अभियानले लिएको लक्ष्य पूरा गर्नका लागि सरकारी तथा गैरसरकारी निकायले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । आफुले यस अभियानमा गर्नुपर्ने सहयोग गर्ने समेत अध्यक्ष बोहराले प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल पत्रकार महासंघ बझाङका पूर्वअध्यक्ष जगदिश रोकायाले सरकारले कुपोषणविरुद्धको अभियान चलाएपनि प्रभावकारी हुन नसकेको र आगामी दिनमा इनफ अभियानले सरकारले लिएका लक्ष्यलाई पनि सहयोग पुग्ने बताए । 

कुपोषण विरुद्धका भएका नीति तथा कानून कार्यान्वयनमा भएका समस्या समाधानका लागि सबै पक्षले लाग्नुपर्ने उनको भनाइ छ ।

गैरसरकारी संस्था महासंघ बझाङका अध्यक्ष भिम रसाइलीले इनफ अभियानमा गैरसरकारी क्षेत्रसाथमा रहेको बताए । कुपोषणविरुद्ध अभियान चलाउँदै गर्दा अपाङ्गता भएका, सीमान्तकृत तथा महिला र पछाडि पारिएका बालबालिकालाई पनि विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।

प्रत्येक आठ घरपरिवारमा एक जनाले खाध्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक चारमा एक जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको र यो अवस्था अन्त्य गर्न वर्ल्डभिजन इन्टरनेशनल नेपाल, प्रगतिशिल युवा समाज र दलित सहयोग समाजको सहकार्यमा अभियानको औपचारिक शुरुवात गरिएको हो ।

इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रलाई प्राथमिकता दिनेछ । पर्याप्त तथा विशेष स्तनपानमा वृद्धि, बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न स्थानीय सरकारसँगको सहकार्य, बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुने प्रगतिशिल युवासमाज बझाङका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताए ।

सबैभन्दा जोखिममा परेका बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने वल्डभिजन इन्टरनेशनल नेपाल बझाङ जिल्ला संयोजक मेनुका मल्ल सिंहले बताइन् । प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले इनअफ अभियानमा सबैले साथ दिनका लागि तथा यो अभियानमा हातेमालो गर्नका लागि सबैलाई आग्रह गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise