२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पत्रकार महासंघ डोल्पाको भवन निर्माणका लागि बजेट विनियोजन

Nada
२०८१ असार १ गते २१:१८
Shares
पत्रकार महासंघ डोल्पाको भवन निर्माणका लागि बजेट विनियोजन

काठमाडौं : शहरी विकास मन्त्री धनबहादुर बुढालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले धन्यवाद दिएको छ । मन्त्री बुढाले जिल्लामा महासंघको भवन बनाउन ५० लाख बजेट विनियोजन गरेको र आवश्यकताका आधारमा जिल्लाभर बजेटको व्यवस्थापन गरेको भन्दै महासंघले मन्त्री बुढालाई विज्ञप्ति जारी गरेर धन्यवाद दिएको हो ।

ncell

महासंघका डोल्पा शाखा अध्यक्ष सरोज थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डोल्पा जिल्लाबाट लगातार तेस्रो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरी हाल नेपाल सरकार शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका माननीय मन्त्री धनबहादुर बुढाले समग्र डोल्पा जिल्ला र पहिलो पटक नेपाल पत्रकार महासंघ डोल्पा शाखाको भवन निर्माणको लागि संघीय सरकार शहरी विकास मन्त्रालयबाट रु. ५० लाख बजेट व्यवस्थापन गर्नुभएकोले र जिल्लाभर आवश्यक बजेट विनियोजन गरी डोल्पाली जनताका आवश्यकतालाई पहिचन गर्नु भएकोमा महासंघ डोल्पा शाखा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ 

महासंघको भवन निर्माणको लागि मन्त्री बुढाले शहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रमको पृष्ठ १५२ को क्र.संख्या ३७४७ मा ठू्लिभेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी ५० लाख बजेट समावेश गरेका छन् । पत्रकार महासंघका डोल्पा शाखाका अध्यक्ष थापाका अनुसार महासंघको डोल्पा शाखाको कार्यलयको जग्गा भएपनि भवन बनाउने पर्याप्त रकम नभएकोले हालसम्म भाडामा बस्दै आएको छ । थापाले आफूहरुको मागलाई मन्त्री बुढालाई सम्बोधन गरेको बताउँदै महासंघको आफ्नै भवन बन्नेमा बताए ।

ताजा खबर

सम्बन्धित खबर