काठमाडौं : दुर्गा प्रसाईंका आठ समर्थकलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइने भएको छ । झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउने भएको हो ।
उनीहरुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका थिए । आगजनी भएको एक ट्रक चालकको उपहारको क्रममा मृत्यु भएको थियो
प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का आठ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो ।
प्रहरीले झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।
उनीहरुले असोज ६ गते राति युपी ५७ एटी ४४९३ र डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजनीबाट गम्भीर घाइते भएका चालक पोदो रायको भारतको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का चालक कुमार महतोले भागेर ज्यान जोगाएका थिए ।