२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

धवलागिरिमा ५ आरोहीको मृत्यु

ADV
अस्मिता बम
२०८१ असोज २३ गते ०६:४०
धवलागिरिमा ५ आरोहीको मृत्यु

काठमाडौं : धवलागिरिमा पाँच जना आरोहीको मृत्यु भएको छ । हिमाल आरोहणमा गएका पाँच जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । 
विभागका अनुसार उनीहरू आइतबार साँझ ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । करिब ८ हजार मिटर उचाइमा पुगेपछि सम्पर्कविहीन भएका पाँचै जना आरोहीलाई मृत फेला परेको हो । 

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि उनीहरू थप अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेका थिए । सोही निष्कर्षसहित तल्लो शिविरमा फर्कने निर्णय लिएका थिए । तर, फर्कन समेत नसकर पाँचै जना आरोहीको मृत्यु भएको हो ।

गुरुङका अनसार आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका थिए । तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो । सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान उनीलाई प्राणविहिन अवस्थामा फेला पारिएको हो ।

मृतक पाँचै जना आरोही रसियन नागरिक हुन् । रसियाका चर्चित र अनुभवी भएका आरोहीहरू थिए । 

यस वर्ष कुल १४ जना आरोही धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । 

दुई समूहमा ७–७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनेर परित्याग गरे । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरेर आधार शिविरमा फर्किइसकेका छन् । 

बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेका थिए । आरोहणको अठोट बोकेर अघि बढेका पाँच आरोहीको भने निधन भएको हो ।

विभागका अनुसार प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको हो । 

शव काठमाडौँ ल्याउने प्रक्रिया अघि बढाइएको छ । म्याग्दी जिल्लामा रहेको धौलागिरी हिमाल सातौँ अग्लो हिमाल हो । 

समुद्री सतहबाट यसको उचाइ ८ हजार १ सय ६७ मिटर अग्लो छ ।

पहिलो पटक धौलागिरि सन् १९६० मे १३ मा स्विस–अस्ट्रियाली पर्वतारोही समूहले सफलतापूर्वक आरोहण गरेका थिए । 

पर्यटन विभागको सेप्टेम्बर २९ को तथ्यांक अनुसार शरद ऋतुमा धौलागिरि आरोहण गर्न १४ जना आरोहीले अनुमति पाएका थिए । त्यसमध्ये दुई जनाले मात्रै सफल आरोहण गरेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise