२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

ADV
मध्यान्ह
२०८१ असोज २३ गते १०:२६
काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौं : काठमाडौं उपत्यकाबाट बडादशैं मनाउन दैनिक  एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने “आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलंकी बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise