२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

Nada
२०८१ असोज २३ गते ११:२९
Shares
धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दीः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।

ncell

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानहरु ब्यवस्था मिलाएको जानकारी दिए । ‘सडकमा खसेको पहिरो पन्छाउने, भत्किएको ठाउँमा मर्मत र खोलाहरुमा डाईभर्सन बनाएर सवारी साधन सञ्चालन हुने बनाएका छौं’, उनले भने, ‘हिन्दू धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ मनाउन विदेश तथा सहर बजारबाट गाउँ फर्किने सर्वसाधारण गाडी चढेर गाउँमा पुग्न पाएका छन् ।’

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए । 

सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो । 

धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

ताजा खबर

सम्बन्धित खबर