२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

shivam cement
मध्यान्ह
२०८१ असोज २३ गते १४:१०
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुरः आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा ताप्ली गाउँपालिका–४ थाना गाउँ घर भइ त्रियुगा नगरपालिका६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise