२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

आज फूलपाती भित्र्याइँदै

ADV
मध्यान्ह
२०८१ असोज २४ गते ०६:४५
आज फूलपाती भित्र्याइँदै

काठमाडौं : दशैंको सातौ दिन आज हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाई गरिनेछ । सरकारले आजदेखि सार्वजनिक बिदा दिएकाले दशैंको उत्सव थप बढेको छ । 

आजका दिनबाट दशैंलाई थप महत्वका साथ मनाइन्छ । यो अवसरमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दशैं घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताउँछन् । ‘खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ’, पन्तले भने । 

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise