२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

शान्ता रानीले कतारवासीलाई नचाउने

Nada
तिलु शर्मा पौडेल
२०८१ असोज २५ गते ११:००
Shares
शान्ता रानीले कतारवासीलाई नचाउने

दोहा कतार : शिरफुल शिरको, मेरो मायालु बागलुङ तिरको बोलको चर्चित गीतकी गायिका शान्ता रानी परियार कतार आउने भएकी छन् ।  गुल्मी सेवा समाज कतारले आकस्मिक कोष स्थापनार्थ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदानसहित आयोजना गर्न लागेको विविध सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन परियार कतार आउन लागेकी हुन् । परियारको हालसालै तीजमा रिलिज भएको ढले ढले म भन्ने गीत अहिले सम्म चर्चाको शिखरमा छ ।

ncell

आगामी अक्टोबर २५ तारिक कतारको अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने कार्यक्रममा परियारका अलावा आधा दर्जनभन्दा बढी कलाकारले सांगीतिक प्रस्तुति दिने समाजका सचिव दर्शन सुनारले मध्यान्ह दैनिकलाई जानकारी दिए । संस्थाले पत्राचार गरी निमन्त्रणा गरेका पाहुनाबाहेक आम दर्शकले ३० कतारी रियालको टिकट खरिद गरी कार्यक्रममा मनोरञ्जन लिन सक्ने हुँदा कतारमा रहेका गुल्मेली र नेपालीहरूको उपस्थिति रहने अपेक्षा आफूले गरेको सुनारले बताए ।

समाजले विगतका वर्षहरूमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आकस्मिक कोषको लागि रकम जम्मा गर्दै आएको छ । यस पटक पनि केही रकम सोही कोषमा जम्मा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष कमल अर्यालले बताए । अर्यालले राष्ट्रिय पर्वहरू एकै साथ मनाउँदै गर्दा पुण्यको काममा पनि योगदान पुग्ने हुँदा कार्यक्रमलाई भव्य सफल बनाउन कतार बासी नेपाली समक्ष आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर