राैतहट : नेपाल सुन चाँदी रत्नआभुषण व्यवसायी संघ राैतहटले संघका सचिव चन्दन सागरमाथि भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । संघका सचिव सागर मंगलबार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात समूहले ज्यान लिने उद्देश्यले गरेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो घटनामा संलग्न रहेका व्यक्तिको बारेमा सत्य तथ्य सार्वजनिक गर्न साथै दोषीलाई कानूनको दायरमा ल्याउन स्थानीय प्रशासनसँग अध्यक्ष साहले माग गरेका छन् ।
सुरक्षा व्यवस्थामा सुघारका लागि अनुराेध गर्दै व्यापारीहरुकाे ज्यान धनकाे भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।