२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

सान्नी त्रिवेणी गाउँपालिका-७ बालविवाह मुक्त वडा घोषणा

ADV
मध्यान्ह
२०८१ असार १ गते २२:१८
सान्नी त्रिवेणी गाउँपालिका-७ बालविवाह मुक्त वडा घोषणा

कालीकोट : कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकुल असर पारेको ठहर गर्दै  बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‘बिहेवारी २० वर्ष पारि, बालविवाह कानूनी र सामाजिक अपराध हो, कसैले नगरौं, नगराऔं’ मूल नारासहित सान्नीत्रिवेणी ७ लाई बालविवाह निषेधित घोषणा गरिएको हो । 

गाउँका सबै सरोकारवालाको सहभागितामा व्यापक अन्तरक्रिया गर्दै निषेधित घोषणा गर्दा उमेर नपुगी विवाह गर्न खोज्नेको मनोवल घट्ने भएकाले गाउँबस्तीलाई औपचारिक कार्यक्रममार्फत अभियान थालिएको नगर गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए ।

सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ७  का अध्यक्ष जय प्रसाद सिम्खाडाको अध्यक्षतामा आयोजित घोषणा सभामा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको  प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्यालको   विशेष आतिथ्थता रहेको कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, विषयगत शाखाका प्रमुख प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार नागरिक समाज लगायतको उपस्थितिमा बाल विवाह निषेधित वडा घोषणा गरिएको हो ।

बालविवाह सबै बालबालिकाको प्रगतिको बाधक हो भने बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिनेछ । यसबाहेकका सबै कुरीति सधैँका लागि अन्त्य गर्नुपर्ने उपाध्यक्ष सिंहले बताइन् ।

विगत लामो समयदेखि  बालविवाहविरुद्धको अभियान सञ्चालन गरेर २० प्रतिशत मुनि झार्न सफल भएपछि बालविवाह निषेधित वडा घोषणा गरिएको वडा अध्यक्ष   सिम्खाडाले  बताए ।

घोषणाअघि यहाँका बस्ती र टोलबाट प्ले कार्ड, ब्यानर बोकेर  बालबालिका, किशोर किशोरीलगायत सरोकारवालाहरू नाराजुलुस गर्दै सभास्थल पुगेर बालविवाह नगर्ने/नगराउने प्रतिवद्धता गराइएको थियो ।

बालविवाहविरुद्धको अभियानमा सक्रिय सान्नीत्रिवेणी गाउँपालिका अभियन्तालाई सम्मान समेत गरिएको छ ।

प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयोग हुरेन्डेक नेपाल, सादा नेपाल र किर्डाक नेपालको समन्वय तथा सान्नीत्रिवेणी गाउँपालिका ७ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रम नमराज योगीले सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise