२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

काठमाडौं उपत्यकामा चहलपहल बढ्दै

ADV
मध्यान्ह
२०८१ असोज २८ गते १४:४५
काठमाडौं उपत्यकामा चहलपहल बढ्दै

काठमाडौंः काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । 

दशैंमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौं का सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार आज उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दशैं अवधिमा काठमाडौं उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

उनले भने, ‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दशैं सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ । अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ । 

दशैंका लागि उपत्यका बाहिर गएकाहरु पनि काठमाडौं फर्किने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise