२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

६८औं प्रहरी दिवस : अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज २९ गते ११:३९
६८औं प्रहरी दिवस : अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न

काठमाडौंः प्रहरी प्रधान कार्यालय नक्सालले ६८औं प्रहरी दिवसको अवसरमा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरेको छ । ‘अपेक्षा फलको छैन, सधैं कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने नाराका साथ प्रहरी प्रधान कार्यालयले श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि रहेका गृहमन्त्री रमेश लेखककले अमर प्रहरीको स्मारकमा पुष्पगुच्चा अर्पण गरेका हुन् । यस्तै, अमर प्रहरीका परिवार, विशिष्ट अतिथि, पूर्व महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुलगायत उपस्थित अतिथिहरुले अमर प्रहरीको स्मारकमा पुष्पगुच्चा अर्पण गरेका हुन् ।

यसैगरी कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित रही स्थापना भएका अक्षयकोषहरुको विवरण र प्रहरी स्मारिका, २०८१ पनि लोकार्पण गरेका हुन् । साथै उनले अमर प्रहरीका आश्रित परिवारहरुलाई कदर–पत्र प्रदान गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise