२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा

ADV
मध्यान्ह
२०८१ असोज २९ गते १३:३०
शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा

काठमाडौंः दक्षिणी लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट आइबार भएको आक्रमणको नेपालसहित ३४ देशहरुले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाबाट भएको घटनाको छानबिन गर्न र शान्ति सैनिकको सुरक्षा माग गरेका हुन् । 

परराष्ट्र मन्त्रालयले पनि सामाजिक सञ्जाल एक्समा ३४ वटा नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) देशहरुको संयुक्त वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि हालै भएको आक्रमणको निन्दा गरेको हो । मन्त्रालयले वक्तव्यमा लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएका छन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise