२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प 

ADV
बिन्द्र राई
२०८१ असोज २९ गते १६:०९
खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प 

उदयपुरः खोटाङको रावावेशी गाउँपालिकाअन्तर्गत कुभिन्डे–१ आसपास केन्द्रविन्दु बनाएर गएराति ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका वरिष्ठ भूकम्पविद् भरत प्रसाद कोइरालाका अनुसार गएराति १०ः२५ को समयमा कुभिन्डे आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

कुभिन्डे आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएपनि अहिलेसम्म क्षतिको विवरण नआएको रावावेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise