२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प 

Nada
बिन्द्र राई
२०८१ असोज २९ गते १६:०९
Shares
खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प 

उदयपुरः खोटाङको रावावेशी गाउँपालिकाअन्तर्गत कुभिन्डे–१ आसपास केन्द्रविन्दु बनाएर गएराति ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

ncell

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका वरिष्ठ भूकम्पविद् भरत प्रसाद कोइरालाका अनुसार गएराति १०ः२५ को समयमा कुभिन्डे आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

कुभिन्डे आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएपनि अहिलेसम्म क्षतिको विवरण नआएको रावावेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर