२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

व्यवसायी खड्का श्रेष्ठलाई पति शोक

Nada
२०८१ असोज ३० गते ११:४२
Shares
व्यवसायी खड्का श्रेष्ठलाई पति शोक

ललितपुर : वैदेशिक रोजगार व्यवसायी पार्वती खडका श्रेष्ठलाई पति शोक परेको छ । ललितपुर कुपण्डोलस्थित मुनलाइट ईण्टरनेशनल प्रा.लि.की सञ्चालक खड्का श्रेष्ठका पति बद्री कुमार श्रेष्ठको असोज २७ गते आइतबार अपरान्ह निधन भएको हो । 

ncell

मिर्गौला फेल भएर विगत दुई वर्षदेखि डायलिसिस  गराउँदै आएका श्रेष्ठको विगत चार महिनादेखि स्टार अस्पतालमा उपचार हुँदै आएको थियो । 

सोहि अस्पतालमा श्रेष्ठको निधन भएको हो । ५८ बर्षको अल्पायुमा निधन भएका श्रेष्ठको पत्नी र दुई छोरा छन् । मुनलाइट ईण्टरनेशनल प्रा.लि.का चेयरम्यानसमेत रहेका स्व. श्रेष्ठ मनकारी स्वभावका समाजसेवी पनि थिए ।

ताजा खबर

सम्बन्धित खबर